श्रीलंकाटप्पु (सुनसरी) /सप्तकोशी नदिको वीचमा पर्ने श्रीलंका टप्पुका बासिन्दा आसन्न प्रतिनिधिसभा र प्रदेश सभामा भोट हाल्न उत्साहित भए पनि मतदान स्थल पुग्न समस्या भएको वताएका छन । मतदान गर्ने स्थान सम्म पुग्न करीव ३ घण्टा समय लाग्ने भएका कारण आफुहरुलाई समस्या भएको उनीहरुको गुनासो छ । सहज यातायातको साधन नहुदा सप्तकासी हुदै डुंगा चडेर जान उनीहरुलाई समस्या हुने गरेको छ ।
[caption id="attachment_62079" align="aligncenter" width="720"]
श्रीलंका टप्पुका स्थानीय बासीन्दाहरु[/caption]
जंगली जनावरको त्रास,विजुली विनाको अध्यारो, विरामी पर्दा खाने सिटामोल विना कष्टकर जिवन विताउँदै आएका टप्पुबासीसप्तकोशी नदिले धार परिवर्तन गरी पश्चिम मोडिए पछि बनेको श्रीलंका टप्पुका बासिन्दा आसन्न निर्वाचनमा भोट हाल्न आतुर भए पनि मददान स्थल सम्म पग्न आफुहरुलाई कष्ट हुने मुनिलाल मण्डलले गुनासो गरे । उनले भने भोट हाल्ने ठाउँ सम्म पुग्न समय र पैसा खर्च हुन्छ ।
२० वर्ष अगाडी देखि यहाँ वसोवास गदै आएका स्थानीयवासीहरु टप्पुका बासिन्दा भोट हाल्न सप्तकोशीको भंगालो नाउमा तर्दै पारी प्रकाशपुर, चक्रघट्टी जानुपर्ने बाध्यता छ । नाउ तरेर जाँदा ज्यानै जोखिममा पारेर जानुपर्ने टप्पुका स्थानिय बताउँछन् । नाउमा न टेक्ने न समाउने थोरै तलमाथी भए ज्यानै जान्छ स्थानीय पानालाल मोचीले भने । यहाँ भोट हाल्ने ठाउँ बनाई दिए सबैले भोट हाल्थे उनले भने ।
करिव २५ सय घरधुरी रहेको टप्पुका बासिन्दाहरु भोट हाल्न पारी प्रकाशपुर,चक्रघट्टी, र उदयपुर पुग्नुपर्छ । तर टप्पुमै मतदान स्थल भए सजिलो हुने स्थानिय घिसु चन्द्रबंशी बताउँछन् । टप्पुका बासिन्दालाई यस क्षेत्रमा भोट बैंकको रुपमा पनि लिने गरिन्छ । तर विगतमा भोट लिए पनि कुनै प्रतिनिधिले केही काम नगरेको उनीहरु बताउँछन् । यहाँका स्थानीयवासीन्दाहलाई मदतान स्थल सम्म पुग्न कठिन भएको भन्दै टप्पुमै मतदान स्थल भए सतप्रतिशत भोट खस्ने उनको भनाई थियो ।
जंगली जनवारको त्रासमा बाँच्नु यहाँको दैनिकी हो । वारीपारी गर्न नाउको भर, विरामी परिहाले खाने सिटामोल पनि छैन । स्वास्थ्य चौकी छ र औषधी छैन । डाक्टर छैनन् । विजुली विना अध्यारोमा बस्नुपर्छ यसरी कष्टकर जिवन विताईरहेकाहरु मतदान गर्ने पनि कठिन छ स्थानीय पाण्डव चद्रबंशीले भने । देशभर चुनाव लागेको भए पनि टप्पुका बासीन्दालाई भने भोट हाल्न जानकै चिन्ता भएको उनीहरुको भनाई थियो ।
साविक प्रकाशपुर गाविसका वडा नम्बर ४ र ५, महेन्द्रनगरको वडा नम्बर ५ र उदयपुरको तपेश्वरी गाविसको वडा नम्बर १ का १२ हजार दुई सय घर पर्छन् । श्रीलंका टप्पुमा मानिसको बसोबास पुरानै भए पनि २० वर्षअघि कोसीपूर्व महेन्द्रनगर र प्रकाशपुरतिर लागेपछि बस्ती घना भएको थियो । यहाँका बासिन्दाको तरकारी खेती, गाईबस्तु पालन नै मुख्य पेसा हो। ऐलानी जमिन भएकाले किन्नु नपर्ने र जति पनि भोगचलन गर्न पाइने भएकाले टप्पु धेरैतिरका किसानको रोजाइ बन्ने गरेको छ । प्रहरी चौकी समेत नभएको यो ठाउँमा राज्यबाट कुनै सहयोग भएको छैन ।
































