उदयपुर/ उदयपुरको कटारी नगरपालिका ,१ खसिबासका चित्रबहादुर राउतको बैदेशिक रोजगारी क्रममा साउदीमा मृत्यु भएको दुई महिनापछि शव नेपाल आईपुगेको छ । १९ महिना अगाडि वैदेसिक रोजगारीका लागि साउदी पुगेका राउतको गएको असोज ७ मा कम्पनी नजिकैको विजुलीको पोलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । राउतको शव सोमबार दिउँसो ३ बजे काठमाडौंमा आईपुगेको थियो । त्यसपछि मंगलबार विहान शव खसिबास स्थित घर ल्याईसकिएको वैदेशिक रोजगारीमै रहेका भाई बालकुमार राउतले जानकारी दिए । काठमाडौंको जेभीआर गौशाला म्यानपावरबाट साउदी पुगेका राउतको शव लामो समयपछि नेपाल ल्याईएको हो । कटारीकै एजेन्ट मन्दिप सापकोटा मार्फत म्यानपावर हुँदै साउदी पुगेका राउतको शव पोष्टमार्टम भईसकेको भएपनि नेपाल ल्याउन आलटाल भईरहेको थियो । नेपाली प्रवासी समाज हायल साउदीअरबको पहलमा नेपाली राजदुतावासमा , म्यानपावर तथा विभिन्न निकायमा दबाब दिएपछि शव नेपाल ल्याउन सकिएको हायलका राजन सापकोटाले बताए । शव प्रवासमै रहेको समाचार उदयश्रीन्युज र समावेशी एफ एमले सबैभन्दा पहिला प्रकाशन तथा प्रसारण गरेको थियो ।प्रवासमै लामो समय शव रहेपछि घरपरिवार चिन्तामा थिए ।मंगलबार विहान ३ बजे खसिबास आईपुगेको राउतको शव चर्चमा राखिएको छ । शव नेपाल आईपुगेपछि दुईमहिनापछि अन्तिम दाहसंस्कारको तयारी भैरहेको छ । राउतको श्रीमति २ छोरा र एकजना छोरी छन् ।
पूर्वेलीन्यूज