धरान/युएईमा प्रकृति पूजक लिम्बू जातिहरुको मौलिक चाँड ‘चासोक तङ्नाम’ मा साँस्कृतिक कार्यक्रम हुने भएको छ । १५ डिसेम्बर २०१७ मा युएईमा किरात याक्थुङ चुम्लुङको आयोजनामा साँस्कृतिक कार्यक्रम हुने भएको हाे । कार्यक्रममा नेपालबाट गायक ताराप्रकास लिम्बू, मोडल तथा नायिका निशा पोमू र यासेली योङहाङलगायतको प्रस्तुती रहने छ । ताराप्रकास म्युजिक अवार्ड विजेता हुन् । कार्यक्रममा स्थानीय कलाकार गायिका अमृता लक्सम, रनु जबेगू, पारस लामा, नन्दु राई, रोश्नी लिम्बूको पनि प्रस्तुती रहने विजय लिम्बूले जानकारी दिए । कार्यक्रममा लिम्बू, राईलगायत अन्य जातिहरुको मौलिक साँस्कृतिक नृत्यसमेत प्रर्दशन गरिने कार्यक्रम छ । युएईको होलिडे ईन होटलमा कार्यक्रम हुने कियाचू युएईका अध्यक्ष मनिष नाल्वो लिम्बूले बताए ।