धरान । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट बिहीबार साँझ प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा सुनसरी धरान १७ बस्ने २८ बर्षिय नगेन्द्र बस्नेतलाई लागूऔषध एभिल-६ एम्पुल, डाईजेल्याब-६ एम्पुल, लुपीजेसीक-६ एम्पुल फेला पारी बरामद गरेको हो।
लागूऔषधसहित पक्राउ गपरेका बस्नेतलाई इप्रकामा राखी थप अनुसन्धान भईरहेको भनि १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरकाे वेवसाइटमा उल्लेख गरिएकाेछ।