उदयपुर । उदयपुर ताप्ली गाउँपालिका ४ बस्ने धर्मध्वज तामाङको छोरा बर्ष ४५ को हस्त बहादुर तामाङको घरबाट भरुवा बन्दुक बरामद गरेको छ।
तामाङले स्वचालित भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ प्रहरी चौकी रुपाटारबाट खटिएको टोलीले घरमा खानतलासी गर्ने क्रममा १ नाल बन्दुक फेला पारेको थियो. बेलुका साढे ७ बजे बरामद गरिएको बन्दुक बारे थप अनुसन्धान भईरहरको छ।