काठमाडौं/वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार पाण्डेलाई पक्रेको हो । अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित पक्रेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि मिलेमतो देखिएको भन्दै पक्राउ गरिएको अख्तियारको दाबी छ । वैदेशिक रोजगार न्यायाधिकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ ।

पौडल र केसी भने मंगलबार राति ८ बजेतिर नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट समातिएका थिए ।

इमेजखबर