[caption id="attachment_60646" align="alignleft" width="300"] चोरहरुले खोलेको पसल[/caption]

 मुम्बई /२५ फुट लामो सुरुङ खनेर बैंकमा चोरी १ बैंकभित्र पुग्न चार महिना लगाएर सुरुङ खनियो १ सुन्दा र पढ्दा अचम्म लाग्नसक्छ । तर यो वास्तविकता हो भारत मुम्बईको ।

मुम्बईको बैंक अफ बडौदामा चोरहरुले चार महिना लगाएर २५ फुट लामो सुरुङ खने र शनिबार नगद तथा गरगहाना चोरेर फरार भए ।

प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौदा नजिकै एक ठाउँ भाडामा लिएका थिए र त्यहीँबाट सुरुङ खने । जाँच एजेन्सीका अधिकारीहरु भन्छन- चोरहरुले भाडामा लिएको ठाउँमा किराना पसल खोलेका थिए जुन देखाउनका लागि मात्रै थियो ।

२५ फुट लामो सुरुङ बैंक लकर भएको कोठामा पुगेर अन्त्य भएको छ जहाँ ३० वटा लकर खुल्लै देखिन्छ ।

आश्चर्यको कुरा त के छ भने चोरहरुले कसैले पनि थाहा नपाउने गरी चार-चार महिनासम्म सुरुङ खन्न कसरी सफल भए होलान् ? र, उनीहरुप्रति कसैको शंका पनि भएन । बैंकका कर्मचारीहरुले सोमबार बिहान बैंक खोल्दा मात्रै चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

सो बैंकमा खाता र लकर खोलेका व्यक्तिहरुलाई मिडियाहरुले कुराकानी पनि गरेका छन् । डाग्डु गवानीले अंग्रेजी अखबार मुम्बई मिररसँग भनेका छन्, ‘जिन्दगी भरको मेरो कमाइ बैंकको लकरमा थियो । पुस्तौंदेखि मेरो परिवारमा रहेका गरगहनाहरु थिए । सबै चोरी भयो ।

२२५ थान डिपोजिट बाकसहरुमध्ये चोरहरुले ३० वटा चोरेका प्रहरीले जनाएको छ । यद्यपि चोरी भएको हिसाब किताब सार्वजनिक भइसकेको छैन । चोरहरुको बारेमा पनि अझै पत्ता लागेको छैन ।

बीबीसी