धनकुटा / जण्डिस राेगबाट ग्रसित ४३ बर्षीय छाेरा सुवास रार्इकाे मृत्यु भएकाे खबर पाएपछि अात्महत्या गर्न धनकुटा स्थित तमाेर नदिमा हाम फालेकी एक बृद्धलाृइ बगाउदै गरेकाे अवस्थामा प्रहरीले उद्धार गरेकाे छ । छोराको मृत्यु भएपछि तमोर नदीमा हामफालेकी साँगुरीगढी गाउँपालिका–१ लावरबोटेकी ६५ बर्षीया हिरामाया राईलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नदीबाट सकुसल उद्धार गरेका हुन । नदीले बगाएर करिव एक सय मिटर तल पुर्याएको अवस्थामा उनलाई उद्धार गरिएको थियो । नदीले बगाउँदै गर्दा ढुंगामा अड्किएपछि तत्काल उद्धार गर्न सहज भएको मुलघाटका शसस्त्र प्रहरी निरीक्षक खड्ग बहादुर बस्नेतले संगालोखबरलाई बताएका छन । नदीबाट निकालेपछि पनि उनी छोरो पनि मर्यो म पनि मर्छु भन्दै नदीमा पस्न खोज्दै थिईन ।’ बस्नेतले संगालोकर्मीसँग भने ‘हामीले सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाएर पठाएका छौ ।’  संगालाेखबर बाट