काठमाडौं/प्रहरीले निर्माण व्यवसायि महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न ५ जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ । असोज २३ गते गौचनको बानेश्वरमा गोली हानेर हत्या गरिएको थियो । प्रहरीले गौचन हत्यामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ र नागार्जुनका प्रकाश बुढाथोकी रहेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाले एक महिना लामो अनुसन्धानबाट गौचनका हत्यारालाई पक्राउ गरेको हो । गोली हान्न निर्देशन दिने काठमाडौंका गुन्डा समिरमानसिंह बस्नेत भने फरार रहेको प्रहरीले जनाएको छ।

लाेकान्तर