ताप्लेजुङ/निर्वाचन विरुद्धको गतिविधि गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नेपाल कम्युनिष्ट पार्टी (विप्लब) का आठ जना कार्यकतालाई पक्राउ गरेका छ ।

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतको अनुसार पक्राउ पर्नेमा मेची अञ्चल ब्युरो सदस्य सकल लिम्बु, जिल्ला सचिबालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्की ढोली रहेका छन् ।

यसैगरी जिल्ला सदस्य ध्रुव मादेन, जिल्ला जनपरिषद उपप्रमुख राकेश दाहाल, जनस्वयम सेवकका जिल्ला कोषाध्यक्ष पूर्ण थलङलाई पनि पक्राउ गरेका बताए । थप पक्राउ पर्नेमा जिल्ला सदस्य प्रेमलाल चौहान रहेका छन् ।

यता नेकपाका जिल्ला ईन्चार्ज आशिसले हामिसँग टेलिफोनमा कुराकानी गदै आफ्नो ९ कार्यकता पक्राउ गरेको दाबी गरे । उनले पेम्वा शेर्पा र सुरेन्द्र कार्कीलाई समेत पक्राउ गरेको बताए ।

ईन्चार्ज आशिसले प्रहरीले नियन्त्रणमा लिएका आफ्नाे कार्यकर्ता विना सर्त रिहा नगरे निर्वाचनमा भाग लिने उमेदवारहरुलाई पनि नियन्त्रणमा लिने बताए । उनले राज्यले दमन गर्न खोजे शसक्क्त प्रतिकार गर्ने चेताबनी दिए । केही दिन अघि मात्र विराटनगरबाट मेची अञ्चल ईन्चार्ज सन्तोष पतंवा सुुमनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।