विराटनगर/नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरन्टिनेन्टल प्रा.लि. ले ‘द नेक्स्ट जेन भेर्ना’ कार बजारमा ल्याएको छ । विराटनगरको लागि आधिकारीक विक्रेता रोयल अटो वल्र्डले सोमबार विराटनगरमा एक कार्यक्रम आयोजना भेर्ना कार बजारमा आएको जानकारी गराएको हो ।
रोयल अटो वल्र्डका निर्देशक विनोद पाण्डे, रोहित पराजुली र पाथिभारा एर्डभटाइजिङ्गका प्रबन्धक निर्देशक पवन अधिकारीले संयुक्त रुपमा कारको उद्घाटन गरे । १ हजार ६ सय सि.सि.को सुविधा सम्पन्न कारको बजार मुल्य ४४ लाख ९६ हजार रुपैयाँ रहेको रोयल अटो वल्र्डका मेनेजर सन्जय शाक्यले जानकारी दिए । हालै बजारमा आएको कारले प्रति लिटर १२ देखि १४ किलोमिटर माईलेज दिने बताइएको छ । अत्याधुनिक उपकरणबाट निर्मत भएको कारको चार वटा कलरमा आएको छ । रोयल अटो वल्डमा सिल्भर, रातो र सेता कलरको आएको शाक्यले बताए । हुन्डाई मोटरले आफ्नो विश्वप्रसिद्ध प्रविधिका माध्यमबाट भेर्ना गाडीको विकास गरेको हो । जसले गुणस्तर, डिजाइन, स्पेस, सवारी चलाउँदाको अनुभूति र अन्य प्राविधिक विशेषतातर्फ उत्कृष्ट रहेको बताइएको छ ।
उत्कृष्ट इन्धन माइलेज भएको यस गाडीमा १.६ लिटर भिटीभिटी पेट्रोल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । भेर्ना कार बजारमा आएको अवसर पारेर रोयल अटो वल्डले ‘मेघा एक्सचेन्ज अफर’ ल्याएको छ । ‘कुनै पनि ग्रहाकलले पुरानो कार ल्याएर पैसाँ थप गरी नयाँ कार लान सक्छन्,’ शाक्यले भने, ‘पुरानो कारको पनि हामी उचित मुल्य निधारर्ण गर्छौ ।’ उनका अनुसार यो अफर आउँदो शनिबारसम्म सञ्चालन हुने जानकारी दिए ।