इटहरी /नेपाली काँग्रेस केन्द्रिय प्रचार प्रसार समन्वय समिति अन्तर्गत प्रदेश नं. १ मिडिया सेन्टरको कार्यलय सोमबार इटहरीमा उद्घाटन भएको छ ।उद्घाटन गदै नेपाली काग्रेसका नेता उपप्रधानमन्त्री विजय गच्छदारले काग्रेसले प्रदेश नम्वर एकको धेरै ठाउँमा चुनाव जित्ने वताए ।
कार्यक्रममा नेपाली काग्रेस सुनसरी क्षेत्रनम्वर २ क का उम्मेदवार हेमकर्ण पौडेलले चुनावमा आफुहरु होमिएको भन्दै इटहरीको विकास र समृद्धिको लागी आफ्नो उम्मेदवारी रहेको वताए । कार्यक्रमा नेपाली काग्रेस सुनसरी क्षेत्रनम्वर ३ क का कुमारजंग थापा सुनसरी क्षेत्रनम्वर १ ख का बुद्धि कटवाल लगायतले वोलेका थिए ।
मिडिया सेन्टरको संयोजक सुरेश आचार्यले देशभर काग्रेसको प्रचार प्रसारमा मिडिया सेन्टर गठन गरी चुनावी प्रचारमा लागेको वताए । मिडिया सेन्टर प्रदेश नम्वर एक संयोजक चेतन धमलाले काग्रेसका उम्मेदवारहरुको प्रचारप्रसार तिब्र बनाई चुनाव जिताउँन लाग्ने वताए । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारको पक्षमा जनसमर्थन जुटाउन र विजयी बनाउन पार्टीको केन्द्रीय निती अनुसारनै मिडिया सेन्टर स्थापना गरी प्रचारमा लाग्ने उनको भनाई थियो ।