विराटनगर/ मोरङग क्षेत्र नम्बर ६ का बाम गठबन्धनका उम्मेदबारहरुले चुनावी एजेण्डा सार्बजनिक गरेका छन् । उनीहरुले समाजिक सदभाव र संबिधानको संबृद्धि तथा बृहत्तर बिराटनगर सहितको प्रदेश राजधानी बनाउने उद्घोष गरे ।
प्रेस सेन्टर नेपाल र प्रेस चौतारी मोरङले संयुक्त रुपमा विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरङ क्षेत्र नम्बर ६ बाट बाम गठबन्धनबाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका लालबाबु पण्डितले आफुले सहज रुपमा प्रतिस्र्धीलाई पराजित गरेर चुनाव जित्ने दाबी गर्दै समाजिक सदभाव र संबिधानको संबृद्धिकालागि कुनै कसर बाँकी नराख्ने बताए । उनले जीर्ण बिराटनगर महानगरको तीब्र स्तरोन्नी गर्ने, बहृत्तर बिराटनगर सहितको प्रदेशिक राजधानी बनाउने, बाइपास रोड निर्माण गर्ने र बिराटनगरलाई शिक्षा र स्वास्थ्यको हब बनाउने एजेण्डा सुनाए ।
उनले बिराटनगरमै सुविधा सम्पन्न अस्पताल खोल्न आफुले केन्द्रमा पहल गर्ने बताउँदै, पूर्व र पश्चिममा दिगो तटबन्ध निर्माण गर्ने युवा र महिला शसक्त्तिकरण गरेर सबै खाले बिभेदलाई अन्त गर्ने दाबी गरे । उम्मेदबार पण्डितले आफु सदाचारी भएकोले कुनै बिशेष जातजातीको नभै सबैको भएकोले जनताले बिशेष माया गरेर आफुलाई बिकास र अधिकारकालागि बिजयी गराउने बताए । उनले सार्बजनिक गरको चुनावी एजेण्डा पुरा गरेरै छाडने प्रतिबद्धता व्यक्त्त गरे । पूर्व समान्य प्रशासन मन्त्री रहिसकेका उम्मेदबार पण्डितले बर्षौ पहिले स्वर्गीय गिरिजाप्रसादले सिलान्यास गरेर अधुरो छाडेको भ्य’ टावर निर्माण कार्य पुरा गर्ने पनि जानकारी गराए ।
बाम गठबन्धनबाट मोरग ६ नम्बर क्षेत्रका प्रदेश सभा ‘ख’ का उम्मेदबार रमेश पोखरेलले सहकारीको बिकास गरि गरिबी निवारण गर्ने, युवा र महिला शसक्त्तिकरणमा जोड दिने र बिराटनगरलाई प्रबिधियुक्त्त शहरका रुपमा बिकास गदै राजनैतिक पर्यटकिय शहर बनाउन पूर्बाधार तैयार गर्ने प्रतिबद्धता गरे । राष्ट्रिय सहकारी बैकका अध्यक्ष रहिसकेका पोखरेल बिराटनगर स्थित मोरंग क्याम्पसका प्राध्यापक थिए । . राजिनामा दिएर उम्मेदवार बनेका पोखरेलले राजनीतिमा एकेडेमेकि व्यक्त्तिको आवश्यकता देखेर पहिलो पल्ट उम्मेदबार बनेको बताउँदै आफू पूर्ण रुपमा बिकासबादी हुने दाबी गरे ।
६ नम्बर क्षेत्र ‘क’ का उम्मेदबार जीवन आर्चायले सुन्दर हरैचामा रहेको हसिना सिमसारको स्तारोन्नती गर्ने , बिराटनगर बिमानस्थलको स्तरोन्नती गर्ने , जोगबनी किमांथाङका नाका संचालनमा सहभागी गराउने प्रतिबद्धता गरे ।