धरान/बलात्कार आरोपिलाई हदैसम्मको कारबाहीको माग गर्दै विभिन्न संस्थाहरुले क्षेत्रीय प्रशासकमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

महिला सञ्जाल नगर समिति र विश्वकर्मा सेवा समाज केन्द्रीय समितिले धरानस्थित सम्पर्क कार्यालयमा सोमबार क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएको हो । सञ्जालकी अध्यक्ष शिला बज्राचार्य, र समाजका अध्यक्ष केदार बराइलीको ज्ञापन पत्र बुझ्दै सिंहले कारबाही गर्ने प्रतिवद्धता गरे । बलात्कार आरोपि भोजपुर दुम्मानाका सन्तोष श्रेष्ठलाई हदैंसम्मको कारबाही गर्नु पर्ने माग गरे ।
सञ्जाल र समाजले उच्च स्तरीय छानविन समिति बन्नु पर्ने, पीडितको उपचारमा सरकारले चासो देखाउँदै हालसम्मको उपचार खर्च उपलब्ध गराउँदै आगामी उपचारमासमेत निःशुल्क व्यवस्था गरिनुपर्ने, पीडितलाई पुनस्र्थापित गराउनु पर्ने, हालसम्म पीडकलाई के कस्ता कारबाही भएका छन् त्यो बारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्नेलगायतका ७ सुत्रीय माग राखेका छन् ।