मोरङ/मोरङ ३ मा निर्वाचन परिणाम आफ्नो पक्षमा हात पार्ने योजना बनाउँदै बाम गठबन्धनले एमालेका क्षेत्रीय संयोजक चण्डीप्रसाद राईको संयोजकत्वमा ५० सदस्यीय निर्वाचन परिचालन कमिटी, राइकै संयोजकत्वमा १ हजार १ सय १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।

निर्वाचन परिचालन कमिटीको उपसंयोजकमा माओवादी केन्द्रका क्षेत्रीय प्रमुख लालबहादुर सुस्लिङ मगर र सचिवमा रविन थापा रहेका छन् । निर्वाचन परिचालन कमिटीको सोमबारको बैठकले संयोजक राईको संयोजकत्वमा लालबहादुर सुस्लिङ मगर, विनिता घिमिरे, भोला अधिकारी, घनश्याम गौतम, लोचन धमला, खेमराज सुन्दास, रामकुमार बस्नेत, कर्णबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ र खेमराज भट्टराई सदस्य रहेको स्टेरिङ कमिटी समेत निर्माण गरेको छ । समितिले कार्तिक २४ गतेदेखि उम्मेदवार सहभागि गराई वस्ती वस्तीमा कार्यक्रम थालिने उल्लेख गरेको छ । त्यस्तै, अर्जुन क्षेत्रीको संयोजकत्वमा १७ सदस्यीय आर्थिक समिति गठन भएको छ । भूपेन्द्र तिम्सिना संयोजक र मोहन भट्टराई सदस्य रहेको सूचना तथा सञ्चार उपसमिति गठन भएको छ । जसको सदस्यमा दिनेश सुब्बा, सन्तोष राई, अर्जुन जम्नेली राई, भक्तशेर लिम्बू, लोकबहादुर चौहान, दीपेन्द्र तिम्सिना, राजेश कुइकेल, केशव निरौला, भूमिप्रसाद पाठक, मुना तामाङ, उत्तम पोखरेल र अर्जुन काफ्ले रहेका छन् । वीरध्वज शिवा, जेबी थुलुङ, सञ्जीव धिमाल सहितको साँस्कृतिक समिति पनि खडा गरिएको छ । पद वाँडफाँड बाँकी रहेको २१ सदस्यीय युवा परिचालन समिति पनि तय भएको छ ।

प्रदेशको निर्वाचन परिचालन व्यवस्थित गर्न क क्षेत्रमा विनिता घिमिरेलाई संयोजक बनाएर निर्वाचन परिचालन कमिटी गठन गर्ने प्रक्रिया अघि बढाइएको छ । उपसंयोजकमा भोला अधिकारी र सचिवमा दिननाथ तिम्सिना चुनिएका छन् । ख क्षेत्रमा घनश्याम गौतम संयोजक, लोचन धमला उपसंयोजक र भक्तिकिरण राई सचिव रहेको समिति बनेको छ । सो समितिले भेला बोलाएर समितिलाई पूर्ण बनाउने जिम्मेवारी दिइएको छ ।

बैठकमा प्रतिनिधिसभाका लागि बाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकाल, प्रदेशसभा ‘क’ क्षेत्रको उम्मेदवार गीता तिम्सिना सहितको उपस्थिती रहेको थियो ।