
तरहरा /प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ । चुनाव अघि नै प्रदेशको राजधानी तोकिने भएकाले विभिन्न शहरहरुले आ आफ्नो दावी पेश गरीरहदा इटहरीका भूपू लाहुरेहरुले भने इटहरीलाई प्रदेशको राजधानी बनाउँन माग गदै शनिवार इटहरीमा मोटरसाईकल प्याली सहित प्रर्दशन गरेका छन ।
इटहरी, विराटनगर, धरान र धनकुटाले दावी प्रस्तुत गरेका छन् । अन्य शहरहरुले राजधानीका लागि केहीसमय अघि नै गतिविधि गर्दै आएको भएपनि इटहरी भने भर्खरै वैचारिक बहस सुरु गरेको छ । शनिवार भूपू लाहुरेहरुले राजधानी माग गदै इटहरीका विभिन्न चौकमा मोटरसाईकल प्याली गरी इटहरीलाई प्रदेशको राजधानी बनाउँन माग गरेका हुन । शनिवार इटहरीमा करीब ५ सय बढीको संख्यामा उपस्थित भएका भूपू शैनिकहरुले इटहरीलाई राजधानी वनाउँन पहल थालेको वताएका थिए ।
इटहरी वासीले इटहरीलाई राजधानी हुनु पर्ने दाबी गदै मोटरसाईकल प्याली गरेको सयुक्त भुपु शैनिक संघ नेपालका अध्यक्ष किशोरकुमार राईले प्रदेश नम्वर एकको राजधानी इटहरीमा हुदा मन्त्रालयका लागी जग्गा जमिन समेत प्रशस्त रहेको कारण सरकारलाई आर्थिक भारबाट कटौती गर्ने समेत इटहरी राजधानी हुने वताए । उनले भने शान्तीको प्रतिक स्वरुप राजधानी वनाउँन माग गदै तरहरा स्थित क्षेत्रीय अनुसन्धान कृषि कार्यलयमा १५ मिनेट झण्डा समेत गाडिएको जनाए ।
इटहरीमा प्रशस्त ठाउँ तथा निमार्ण भएका पुराना भवनहरु समेत रहेको र त्यसलाई नै मन्त्रालय वनाउँन सकिने भूपू शैनिकहरुको भनाई थियो । हरेक हिसावले इटहरी राजधानीको लागी उपयुक्त रहेकोले इटहरीलाई नै राजधानी वनाउँनु पर्ने अध्यक्ष राईको भनाई थियो । इटहरीका सबैको एकै स्वरले राजधानी माग्नु पर्छ राईले भने । उनले भने भौगिलक हिसावले पनि इटहरी रानधानी हुने उपयुक्त ठाउँ हो । यातायाको हिसावले पनि इटहरीलाई नै राजधानी वनाउँनु पर्छ राईले तर्क गरे ।
राईले भने राजधानीको लागी क्षेत्रीय अनुसन्धान कृषि केन्द्र र जुटविकासको जग्गा प्रयोग गर्ने सकिने उदाहरण पनि दिए । इटहरीलाई राजधानी वनाउँन भूपूहरुले पहल थालेको उनको भनाई थियो । कार्यक्रमका संयोजक नरबहादुर राईले छरिएर नभई जुटेर राजधानीका लागि दवाव दिन आवश्यक रहेकोे बताए । इटहरीलाई राजधानी बनाउँन माग गदै इटहरीका भूपू सँगै सामाजिक अगुवाहरुको समेत उपस्थित रहेको थियो । नेपालको झण्डा सहित तरहरा भवानीपुर,पकली हुदै इटहरीका अधिकांस चौकमा इटहरीलाई राजधानी कायम गर भन्दै नारा सहित भूपू शैनिकहरुले प्रर्दशन गरेका हुन ।
राजधानी माग गर्नु आफ्नो अधिकार भएको भूपू शैनिक भिमवहादुर चौहानले अन्य शहरहरुको तुलनामा इटहरीलाई प्रदेशको राजधानी वनाउँनु उपयुक्त रहेको वताए । उनले इटहरी सबै क्षेत्रले सेन्टर भएको भन्दै राजधानीलाई इटहरीको विकल्प नसोच्न समेत सरकारलाई आग्रह गरे । राजनितिक तथा अन्य दवाव र प्रभावमा परी अपायक ठाउँमा राजधानी नलौजान आग्रह समेत गरेका छन । भूपू शैनिकहरुले विज्ञप्ती समेत जारी गदै सरकारलाई खवरदारी समेत गरेको छ ।