इटहरी / आगामी मंसिर २१ गते हुने निर्वाचनमा सुनसरीमा ५३ हजार ६ सय ७२ जना मतदाता थप भएका छन् । सुनसरीबाट ४ लाख ७४ हजार ८ सय ३१ मतदाताहरुले मतदान गर्ने गरी फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । यस अघि भएको स्थानीय तहको निर्वाचनमा कुल मतदाता ४ लाख २१ हजार १ सय ५९ जना रहेको थियो ।

मसिंर २१ गते हुने विना प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छनौट हुने सदस्यहरुका लागि सुनसरीबाट २ लाख ४७ हजार ८ सय ३६ जना महिला र २ लाख २६ हजार ९ सय ९५ जना पुरुषहरुले मतदान गर्ने छन । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि १ सय ६६ मतदास्थलमा ५ सय २७ वटा मतदान केन्द्र तोकिएको जनाइएको छ । निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख २२ हजार २ सय ९१ जना मतदाताहरुले ४० मतदानस्थल र  १३६ मतदान केन्द्रमा मतदान गर्ने ब्यवस्था मिलाईएको छ । निर्वाचन क्षेत्र नम्वर २ मा १ लाख ३० हजार ७ सय ३३ जना मतदाताले ४० वटा मतदान स्थलमा तोकिएको १४१ मतदान केन्द्रमा मतदान गने छन् ।

निर्वाचन क्षेत्र नम्वर ३ मा कुल १ लाख ९ हजार ९ सय १७ जना मतदाताहरुले ४४ वटा मतदान केन्द्रमा तोकिएको १२५ मतदान स्थलमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन क्षेत्र नम्वर ४ मा १ लाख ११ हजार ४ सय ९० जना मतदाताहरुले ४२ मतदान स्थलमा तोकिएको १२५ मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।