इटहरी/ इटहरीको मुख्य चौकमा सुनपसलमा पेस्तोल देखाई एक युवाले सुनपसल लुटपाट गरी फरार भएका छन । मगंलवार मध्य दिउँसो इटहरीको मुख्य बजारमा पेस्तोल देखाई रियल गोल्ड सुनपसल लुटपाट गरी फरार भएको पसल सञ्चालकले वताएका छन ।

इटहरी ६ स्थीत  मुख्य चौकमा रहेको प्राईम बैक अगाडी रहेको रियल गोल्ड सुनपसलबाट पेस्तोल देखाई ४ वटा सिक्री र एउटा ब्रास्लेट गरीक ५ तोला सुन लिएर फरार भएको सुनपसलका सञ्चालक टेकबहादुर वस्नेतले जनाए । उनले भने सुन किन्ने बहानमा पेस्तोल देखाई सुन लुटेर भाग्यो ।

मोटरसाईकलमा आएको एक युवाले कालो चस्मा र हेलमेट लगाई आएको उक्त युवाले पसल सञ्चालकालाई गोजीबाट पेस्तोल देखाई सुन लिएर भागेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले वताए । उनले भने उक्त केटा हिजो बेलुका पनि आएको थियो रे हामी खोज्दै छौ ।

सुनपसल लुटपाट गर्नेलाई पक्राउ गर्ने सादा पोसाकका प्रहरीहरु परिचलान गरी खोजी कार्य ब्यापक भएको डिएसपी राउतले वताए । उनले भने अपराधीलाई हामी चाडै पक्राउ गछौ । दशै तिहार इटहरीमा सुनसान भए पनि यो पहिलो घट्ना भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । करीब ७ महिना अगाडी पनि इटहरीमा नै सुनपसल लुटपाट भएको थियो ।