-
Home
-
HWPL Nepali
-
इटहरीमा वैवाहिक प्रतिवद्धता कार्यक्रम,नौ जनालाई पीस अवार्ड प्रदान
इटहरीमा वैवाहिक प्रतिवद्धता कार्यक्रम,नौ जनालाई पीस अवार्ड प्रदान
- कार्तिक ७, २०७४
- ब्लाष्ट खबर
इटहरी/ इटहरीमा मंगलबार वैवाहिक प्रतिवद्धता र शुभ आशिर्वाद समारोह सम्पन्न भएको छ । युनिभर्सल पिस फेडेरेसन र विश्व शान्ति एकिकृत परिवार संघको आयोजनामा भएको कार्यक्रममा परिवारमा कसरी शान्त र सम्वृद्ध बनाउन भन्ने विषयमा जानकारी दिइएको थियो ।
इटहरी आइतबारेस्थित दुर्गा पार्टी प्यालेसमा भएको सो कार्यक्रममा हिन्दु गुरु होमनाथ निरौला, मुस्लिम गुरु मोहम्मद उमिर सहित विभिन्न धर्म गुरुहरुले प्रवचन दिएका थिए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कोरियाबाट आएका शान्ति अभियन्ता डा. हिं किम र डा. किम होङ थेले अभियानको बारेमा जानकारी गराउनुका साथै प्रवचन दिएका थिए ।
सोही अवसरमा विभिन्न सामाजिक तथा शिक्षा सेवीलाई पिस अवार्ड प्रदान गरिएको थियो । अवार्ड पाउनेमा शिक्षासेवी लेखनाथ घिमिरे, नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेल, प्रेम तुम्वाहाम्फो, सामाजिक अभियन्ता हिरा आचार्य लगायत रहेको आयोजिक समितिका पुष्कर थापाले जानकारी दिए । कार्यक्रम युनिभर्सल पिस फेडेरेसन सुनसरी अध्यक्ष विक्रम श्रिको अध्यक्षतामा भएको कार्यक्रममा सुनसरीका दुई सय बढी दम्पतीको सहभागिता रहेको थियो ।