राजविराज/ सप्तरीको रुपनी गाउँपालिका–५ स्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले आज जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय मोस्तकिम मियाँका पाँच वर्षीय छोरा निराजन आलम रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

आलम खेल्दाखेल्दै घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।