धरान/धरान क्षेत्रमा शनिबार छुट्टाछुट्टै दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धरान–१५ मा शनिवार राती बा ४ ८ प ९९३६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा उपचारको क्रममा मोटरसाइकलमा सवार देवेन्द्र राउतको मृत्यु भएको हो । मोरङ रंगेली–२ का उनी बीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको धरान प्रहरीले जनाएको छ । दुर्घटनामा चालक मोरङ दर्बेसा–५ का महेशप्रसाद ओझा घाइते भएका छन् । त्यस्तै धरान ८ कोशी राजमार्गमा बा ३ ख ८४३६ नम्बरको बसले बा ६ च ४६८९ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिई कार अनियन्त्रित भई को १४ प ७७३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जना घाइते भएका छन् । मोसा चालक इटहरी २ का दिनेश बिक घाईते बनेका छन् । उनको उपचार पनि प्रतिष्ठान मै भइरहेको छ । दुबै सवारी साधन र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।