फलेवास/ रोजगारीका लागि रुसमा रहेका नेपालीको सहयोगमा यहाँको एक विकट गाउँमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।
गैरआवासीय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका–३ मा रहेको रानीपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।
एनआरएन रुसमा आबद्ध नेपालीले एम्बुलेन्स खरिदका लागि रु २० लाख संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै बिरामीले बाटोमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीले रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि पठाएका हुन् ।
आइतबार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पर्वत क्षेत्र नं २ बाट निर्वाचित सांसद विकास लम्साल र एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले ग्रामीण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पुर्याउने बताउँदै मानवीय सेवाका क्षेत्रमा आगामी दिनमा पनि एनआरएनले थप सहयोग जारी राख्ने बताए
एम्बुलेन्स प्राप्त भएपश्चात् स्थानीयवासीको धेरै वर्षदेखिको माग र आवश्यकता पूरा भएको तथा आकस्मिक बिरामीका लागि समयमा नै अस्पताल पुर्याउन सहज हुने रानीपानी स्वास्थ्य चौकीका अध्यक्ष सूर्यबहादुर थापाले बताए अधिकार रहेको र जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा स्वास्थ्यलाई बढी प्रथमिकता दिएको बताए। आफूले पर्वतको विकासका लागि धेरै काम गरेको बताउँदै सांसद लम्सालले आफू सबै गाउँबस्तीमा पुगेर जनताको वास्तविक समस्या बुझेको र त्यहीअनुसार कामलाई प्राथमिकतामा राखेर सम्पादन गरेको बताए ।