खोटाङको एक घरमा आगलागी
- असोज १२, २०७४
- ब्लाष्ट खबर
खोटाङ/खोटाङको हलेसी चुवाचुङ नगरपालिका–११ का ईश्वर खड्काको घरमा बुधबार आगलागी भएको छ ।
ढुङगा माटोले बनेको २ तले घरमा बेलुका ९ बजेतिर अचानक आगो लाग्दा नगद ४ लाख, सुन चाँदी लगायत सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १३ लाख ८० हजार ५ सय मुल्य बराबरको क्षति भएको पीडितले बताए ।
आगलागी स्थानीय मानिसहरुको सहयोगमा १ घण्टा पछि नियन्त्रणमा लिएको प्रहरी चौकी बुईपाले जनाएको छ । साथै आगो निभाउने क्रममा स्थानीय ४४ बर्षीय दलबहादुर खड्का र ४० बर्षीय गणेश खड्का भएका छन् ।
उनीहरुलाई उपचारकोलागी काठमाडौं लगिएको प्रहरीले जनाएको छ । यता सुनसरीको इटहरी २० बस्ने दिपक गुप्ताको घरमा विहीबार विहान १ बजे आगलागी भएको छ । घरमा कोही नभएको बेला अचानक लागेको आगोले गुप्ताको १ वटा कच्ची घर पूर्ण रुपमा जलेको छ भने अर्को पक्की घरमा समेत क्षति भएको छ ।
आगलागी स्थानिय प्रहरी, स्थानिय मानिस तथा ३ वटा दमकलको सहयोगमा २स१५ बजे नियन्त्रमा लिएको छ । आगलागीको क्षतिको थप विवरण आउँन बाँकी रहेको प्रहरी चौकी पुरानोतरहराले जानएको छ ।