-
Home
-
अर्थ
-
इन्भेष्टमेन्ट बैंकले तोक्यो बुक क्लोज, कहिलेसम्म सेयर किनेकाले पाउँछन् बोनस ?
इन्भेष्टमेन्ट बैंकले तोक्यो बुक क्लोज, कहिलेसम्म सेयर किनेकाले पाउँछन् बोनस ?
नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी कार्तिक ७ गते मंगलबार बोलाएको ३१ औं बार्षिक साधारणसभाका लागि सेयर दाखिला खारेजी (बुक क्लोज) को मिति तोकेको छ । बैंकले साधारणसभाका लागि असोज १८ गते सेयरधनी किताब बन्द गर्ने भएको हो ।
यसअनुसार बैंकले प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश असोज १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । बैंकले गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै राष्ट्रिय सभा गृह प्रदशनीमार्गमा कार्तिक ७ गते विहान १० बजे साधारणसभामा चार जना संस्थापक सेयरधनीको निर्वाचन गर्ने कार्यक्रम छ ।
एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको इन्भेष्टमेन्ट बैंकको हाल चुक्ता पूँजी ९ अर्ब २४ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ नाघ्नेछ ।
बैंकले गत आर्थिक बर्षमा तीन अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६८ पैसा कायम गरेको छ । बैंकको सेयर धितोपत्रको दोस्रो बजारमा सोमबार प्रतिकित्ता ७६६ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
मेराेलगानी