काठमाडौं /रिलायबल माइक्रोफाइनान्सको असोज १७ गतेदेखि सर्वसाधारण समूहको २ हजार ७९७ कित्ता सेयर लिलामीमा आउने भएको छ ।
लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यस लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद असोज २५ गतेसम्म छ । यसअघि कम्पनीले असार २५ देखि साउन २९ गतेसम्म २ लाख ८२ हजार ५०० कित्ता ९५०५० हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि रिलायबलले बाँकी रहेको सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंमा पुग्नेगरी फारम बुझाउनुपर्नेछ । बोलपत्र असोज २६ गते दिउसो १२ बजे सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंमा खोलिनेछ ।
यता, कम्पनीले गत वर्षको कमाईबाट २०५ बोनस सेयर दिने घोषणा गरेको छ । २०५ बोनस सेयर प्रस्ताव पारित गराउन कम्पनीले असोज २९ मा साधारण सभा बोलाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा रिलायबलले १ करोड १२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ (वार्षिक०)र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १८ पैसा छ । नेपाली पैसा