काठमाडौं/ नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ नै घटेको सुनको भाउ आज फेरि ३ सय रुपैयाँ महंगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ छ भने तेजावी सुन तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ । केही दिनदेखि बजारमा सुनको भाउ घटवढ भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँ छ ।