धरान/धरान हेल्पिङ हेण्डस्ले बाढीबाट प्रभावित बनेका पीडित ८० परिवारलाई राहत वितरण गरेको छ ।

हेण्डस्ले इटहरी–४ को जाग्रेती, बागेश्वरी, हलगडाका पीडित परिवारलाई राहत वितरण गरेको अध्यक्ष किरण भुजेलले बताउनुभयो । ती परिवारहरुलाई एक थानका दरले ब्लान्केट वितरण गरिएको थियो । इटहरी–४ का वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराईको अगुवाईमा वितरण गरिएको हो । दुबईमा रहेका धराने युवाहरुले संस्था स्थापना गरेका हुन् । यसअघि सम्म धरान दुबई हेल्पिङ हेण्ड्सको नामले परिचित थियो ।