काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले आफ्नो बैठक भत्ता आफैंले तीन सय ६० प्रतिशत बढाएर लिन थालेका छन ्। उर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा बसेको समितिको बैठकले सञ्चालकहरूको भत्ता २५ सयबाट बढाई नौ हजार र्पुयाएका हुन् ।
अध्यक्ष तथा सञ्चालकहरूले गत फागुन ११ को बैठकबाट भत्ता बढाई लिन थालेको स्रोतले जनायो । फागुन ११ पछिका हरेक बैठकमा सञ्चालक समितिका अध्यक्ष, आमन्त्रित सदस्यले नौ हजारका दरले बैठक भत्ता लिन थालेका छन् । प्राधिकरण सञ्चालक समितिमा अध्यक्षसहित सात सदस्य छन् । समितिको बैठकमा उर्जा मन्त्रालयका कानुन हेर्ने सहसचिव र आधिकारिक युनियनका प्रतिनिधिलाई आमन्त्रित सदस्यका रूपमा बोलाई भत्ता दिने गरिएको स्रोतले बताएको छ । घाटामा रहेको प्राधिकरण आफ्ना सञ्चालक समितिका पदाधिकारी आफ्ना सञ्चालक समितिका पदाधिकारीलाई सबैभन्दा बढी भत्ता दिने सरकारी निकाय भएको छ ।
नाफामा रहेका सरकारी निकायमध्ये राष्ट्रबैंकले पाँच हजार र नेपाल टेलिकमले चार हजारका दरले सञ्चालकहरूलाई भत्ता दिन्छन् । प्राधिकरणजस्तै घाटामा रहेको जनक शिक्षा सामग्री केन्द्रले सञ्चालकहरूलाई दुई हजार रुपैयाँ मात्र दिने गरेको छ ।