धरान/नेपाल बैक लिमिटेड धरानका पाँच कर्मचारी र ६ जना ऋणी (ब्यापारी)लाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्र्राउ गरेको छ ।
उनीहरुमाथी
–पित्तललाई सुन भनि मुल्याङकन गरेका
–कम धितोमा बढी ऋण दिएको
–कर्मचारी र ऋणी मिलेर करोडौ रुपैया घोटला गरेको
–१५ करोड भन्दा बढी ऋण कमजोर धितोमा दिएको
जस्ता आरोपहरु लागेका छन् । उनीहरुलाई नेपाल बैक लिमिटेडको आग्रहमा सिआइबीले शुक्रबार धरानबाट पक्राउ गरेको हो । सिआइवी बिहिबार नै बिराटनगर आएको थियो ।
सिआइबीले बिहिबार धरानमा यस बिषयमा आन्तरिक अनुसन्धान गरेको थियो् । सिआइवी धरान आइपुगेको जानकारी कर्मचारीलाई पुर्व जानकारी थियो । कर्मचारी भाग्ने मनस्थितीमा भएपनि उम्कन नसक्ने अबस्था देखेपछि चुपचाप बसेका थिए ।कर्मचारी र ऋणी पक्राउ पर्दा रुवाबासी समेत भएको थियो ।पक्राउ पर्ने हरूकाे नामावली अाज सिअाइबीेले सार्बजनीक गर्ने बताएकाे छ ।