विजयपुर/नेपाल बैंक धरान शाखाका गोल्ड लोनका म्यानेजर होम भट्टराई सहित ११ जनालाई पक्राउ परेका छन् ।
[caption id="attachment_53283" align="alignleft" width="517"]
कमसल धितोमा बढी रकम निकासा गरेको अभियोगमा नेपाल बैकका धरान शाखा प्रमुख सहित ११ जनालाई शुक्रबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
उनीहरुलाई छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतले दिए का अनुसार उनीहरुलाई अनुसन्धानकालागि पक्राउ गरिएको हो ।
पित्तललाई सुन भन्दै धितो राखेर रकम निकासा गरेको आरोप कर्मचारमिाथि लागेको छ ।स्थानिय ब्यापारीहरु सँग मिलेर बैकका कर्मचारीले बढी रकम निकाशा गरेको आरोप उनीहरुमाथि छ ।उनीहरुले नेपाल बैकको केन्द्रिय कार्यालयको आग्रहमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको बुझिएको छ ।