शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार रुपैयाँ पुगेको छ ।
हिजो (बिहीबार) सुन प्रतितोला ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँ पुगेको छ । हिजो भने चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।