बिराटनगर/ सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरकोलागी विनीयोजन भएको मध्येबाट ९२ करोड रुपैया काम नभई फ्रिज भएको छ । आर्थिक वर्ष २०७३–०७४ मा सो कार्यलयकालागी १ अर्ब ३३ करोड ५१ लाख रुपैया बजेट विनीयोजन भएको थियो ।
कुल बजेट मध्ये ४१ करोड ६२ लाख रुपैयामात्र खर्च भएको हो । त्यसैगरी सुनसरी मोरङ सिचाई योजनाको २२ करोड रकम फ्रिज भएको छ । सो आयोजनाकोलागी एक अर्ब १५ करोड २७ लाख बजेट मध्येबाट ९४ करोड, २५ लाख २३ हजार मात्र खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यलय मोरङका प्रमुख किशोर कुमार वरालका अनुसार जिल्ला समन्वय समीती मोरङको १० करोड रुपैया बजेट फ्रीज भएको छ । पम्पुर्ण बजेट ३६ लाख ७३ करोड मध्येबाट २४ करोड ४३ लाख मात्र खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यलय मोरङका प्रमुख वरालका अनुसार गत वर्ष विनीयोजन भएको ३ अर्ब ६ करोड ७९ लाख बिकास बजेट मध्ये बाट २ अर्ब २८ करोड २९ लाख खर्च भएको थियो ।
चालु आर्थिक वर्षमा मोरङमा १० अर्ब ५७ करोड ६७ लाख १० हजार चालु बजेट मध्ये ९ अर्ब ७४ करोड १० लाख ७४ हजार रुपैया खर्च भएको छ ।यो खर्च कुल बजेटको ९२ प्रतिशत हो । त्यसैगरी ८ प्रतिशत बजेट फ्रीज भएको छ ।
पूर्वेली न्युज