नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बजारमा सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । सुन जस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी तोलामा २० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।