नेपाली बजारमा सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ सय रुपैयाँ बढेर ५३ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही भाउमा कारोवार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार भाउका कारण पनि नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य उत्तरचढाव आइरहेको छ ।

आज बजारमा चाँदीको भाउ पनि स्थिर छ । हिजो तोलाको ७ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही भाउमा कारोवार भइरहेको छ ।