नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा १ सय रुपैयाँ घटेको सुनको भाउ आज भने फेरी ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ प्रतितोला ५३ हजार ५ सय रुपैयाँ छ । अघिल्लो दिन सुन तोलाको ५४ हजार रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ कम भएपछि नेपाली बजारमा पनि सस्तिएको महासंघले जनाएको छ ।

आज बजारमा चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो तोलाको ७ सय ४५ रुपैयाँ रहेको चाँदीका भाउ आज भने ७ सय ३० रुपैयाँमा झरेको छ ।