वर्षका ७ दिनः यी दिनमा स्त्री-पुरुषले सेक्स नगर्नु

  • जेठ १२, २०७४
  • ब्लाष्ट खबर

ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७.२९-३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ ।

यसमा स्‍त्री-पुरुष म‌िलनका लागि कैयौं दिन अशुभ भनेर उल्लेख गरिएको छ । यी दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन । यी दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने उक्त पुराणमा उल्लेख छ । कुन कुन् दिन स्त्री-पुरुष मिलन अशुभ? १. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मानिन्छ । औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने ब्रह्मवैवर्त पुराणमा उल्लेख छ । २. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध परहेज गरिएको छ । ३. सक्रान्तिमा पनि जोडीहरुबीच शारीरिक मिलन अशुभ मानिएको छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाको समागम नहुनु उत्तम ब्रह्मवैवर्त पुराण भन्छ । ४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । यी दिनमा शारीरिक सम्बन्ध नराख्नु राम्रो । ५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ भनेको छ । ६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ । ७. कुनै पनि ब्रत बसेको समयमा पनि स्त्री-पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषिद्ध छ ।