के बिहान उठ्ने बित्तिकै तपाईको व्यवहार पनि सधै खराब हुने गर्दछ । के तपाई बिहानको खाजा खानु हुन्न रु केही त्यस्ता उपाय छन् जसले तपाईको बिहानको सुरुवात राम्रो बनाउन सक्दछ ।

झड्कापूर्वक नउठ्नुस

बिहान सुस्त गतिमा समय हुन्छ । बिहान उठ्ने बेला स्वमयलाई समय दिनुस् र मांसपेशीहरुलाई विस्तारैविस्तारै हल्लाउनुस् । निद्रा खुल्ने बित्तिकै हडबडाउनु हुन्न । बिहानको गल्तीले हाम्रो दिनको गुणवत्तामाथि नराम्रो असर पर्दछ । साथै पछिसम्म यसको गम्भीर प्रभाव हाम्रो स्वास्थ्य र तन्दुरुस्तीमा पनि पर्दछ । त्यसैले बिहान निद्रा खुलेपछि केही समय शान्तिसँग बिताउनुस् । लामो स्वास लिनुस । कोठाको तापमानको पानी पिउनुस् ।

स्ट्रेचिंग

जब हामी उठ्छौ तब हाम्रो मांसपेशीहरु विशेषगरी मेरुदण्ड कठोर हुन्छ । बिहान उठेर बिना स्ट्रेचिंग हामी यो कडापनलाई हामी अगाडि झुकाउँछौ । यसबाट हाम्रो पुरै दिनको कामकाजमा नराम्रो असर पर्दछ । बिहान उठ्नेबित्तिकै शरीरलाई हल्कापूर्वक हल्लाउनुस् । यदि हैमस्टिङंग र पिन्डलिहरुमा खुम्चिएको महशुस भए विस्तारै स्ट्रेचिंग गर्नुस र लामो स्वास लिनुस ।

दिनको सुरुवात

राम्रो दिनको सुरुवात राज चियाका साथ दिन सुरु गर्नु होइन । बरु क्षरीत पदार्थ हुन सक्दछ । बिहान उठेर कागतीको रस र पानी पिउनु लाभदायी हुनेछ । यसपछि चिया वा ग्रीन टीको सेवन उपयुक्त हुनेछ ।

फोन वा इमेल बिहान

उठ्ने बित्तिकै आफ्नो फोन वा इमेल चेक गर्नुबाट बचेकै राम्रो । तपाई यस्तो सोच्नुस् कि उठेको दुई घण्टाभित्रै संसारको समस्या समस्या सुल्झाउनु छैन । तपाईले ऊर्जालाई सबैभन्दा महत्वको काममा केन्द्रित गर्नु आवश्यक छ, अन्य अनावश्यक काममा होइन । बिहान बिहान इमेल चेक गर्दा तपाईको उत्पादकता बढ्दैन, बरु त्यसको उल्टो हुन सक्दछ ।

बिहानको खाजा

हालैका केही अध्ययनहरुले बिहानको खाना नखाँदा मोटोपन, डाइबिटिज र कमजोर प्रतिरक्षासँग जोड्ने गरेको छ। आवश्यक छैन कि तपाई महाराजाहरुले जसरी खाना खानुस, तर यो पनि जरुरी छ कि केही खानुस् । बिहानको समय ब्लडर सुगरको स्तर कम हुन्छ, किनभने डिनर र खानाबीचको लामो दूरी हुन्छ । यदि उठेको आधा घण्टाभित्र केही खानु भएन भने स्तर झनै गिर्नेछ । त्यसबाट हामी सुस्त हुनेछौ ।

बिहानी व्यवहार

कतिपय यस्ता मानिस पछि हुन्छन् जो बिहान उठेर कसैमाथि जोडजोडले चिच्याउने गर्दछन् । तर बिहानको खराब व्यवहार मात्र २० मिनेटसम्म मात्र रहन्छ । आफ्नो बिहानीलाई उत्तम बनाउनका लागि प्राकृतिक शान्तिदायक आवाज सुन्नुस् । जस्तो कि चरचुरुङ्गीको आवाज, खोला वा समुद्रको आवाज वा मन्त्रजपको धुन ।

दिनको योजना

एक दिनअघि नै आउने दिनको तयारी गर्नुस् । जस्तो कि कार्यालयका लागि कपडा तयार गर्नु, रातको खानाको व्यवस्था गर्नु । तब तपाईको बिहान अवश्य बढी शानदार हुनेछ । र, यसबाट दिनको सुरुवात पनि राम्रो हुनेछ ।

चुरोट र कफी

धेरै मानिसहरु उठ्ने बित्तिकै चुरोट सल्काउने गर्दछन् वा कफी पिउन थाल्छन् । लामो समयसम्म यसो गर्दा शरीरमा साहै्र नराम्रो असर पर्ने गर्दछ । त्यसैले बिहान उठ्ने बित्तिकै एक ग्लास पानी पिउनुस् र पाचनतन्त्रका लागि लाभ पुग्ने कुनै फल खाने गर्नुस् । यसपछि मात्र कफी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छि । एजेन्सी