पथरी/ मोरङ कानेपोखरी ६ स्थीत रमाइलो बजारमा संसार गहना स्टोर सुरु भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी स्टोरको रिवन काटेर उद्घाटन गरेको हो ।
स्थानीय बुद्धिजिवि तथा पूर्व गाविस अध्यक्ष ताराबहादुर काफ्ले र वयरवन व्यापार संघका अध्यक्ष काजी फुयलले रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्र्दै बक्ताहरुले यो क्षेत्रमा व्यापार र व्यापारी थपीन्दा यस स्थानको स्थानीयहरुलाई सहज हुने र बजार सुन्दरतामा थप भएको बताएका थिए ।
स्टोर संचालक संसार थेवेले यहाँको स्थानीयको मागलाई ध्यानमा राखेर स्टोर संचालनमा ल्याएको बताए । ५५ लाखको लागतमा खोलिएको स्टोरमा गहना सम्बन्धि सबै प्रकारका सामान तु पाइने संचालक थेवेले बताए ।
केहि महिना पछि बैंकिङ सुविधा पनि संचालनमा ल्याउने बताए । आइएमई, हिमाल रेमिट,प्रभू मनि ट्राफर लगाएतका सेवा संचालनमा ल्याउने भएको छ ।
अहिले कानेपोखरी गाउँपालीकामा लगभग साना ठुला गरेर १७ वटा सुनचाँदी पसलहरु संचालनमा छ । जसमध्ये रमाइलो बजारमा ७ वटा सुनचाँदी पसल संचालनमा छन् । उदघाटनमा स्थानीय तेज पराजुली,किशोर कटुवाल,भुवन लिम्बू लगाएत उपस्थीत रहेका थिए