काठमाडौं/ नेपालका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रुपैयाँ रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल रिक्रियसन सेन्टर प्रमलिले ५३ करोड ५० लाख ३३ हजार, दी फूलबारी लिमिटेड पोखराले २४ करोड ६६ लाख ६४ हजार, होटल याक एण्ड यतीले ११ करोड ८७ लाख ५० हजार, अन्न्पूर्ण इन्टरनेसनलले ११ करोड ६९ लाख १५ हजार, एभरेस्ट लिमिटेडले १० करोड ३५ लाख ६२ हजार रुपैयाँ रोयल्टी तिर्न बाँकी छ ।
यसैगरि होटल मल्लले सात करोड ६५ लाख, ह्याप्पी आवर प्रालिले ६ करोड ९३ लमख, होटल सोल्टीले ६ करोड १३ लाख रोयल्टी तिर्न बाँकी छ ।
रोयल्टी बुझाएपछि बन्द गराएका चार क्यासिनोलाई सर्वोच्च अदालतको आदेशमा पुन सञ्चालनमा आएको पर्यटन मन्त्रालयका महासचिव सुरेश आचार्यले बताए ।