पाल्पा/ पाल्पामा पहिलोपटक भ्यागुते रोगका कारण एक बालकको मृत्यु भएको छ । जल्पा–२ पाल्पा बस्ने आठ वर्षीय कमल बाह्रघरेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्लामै भ्यागुते रोगको घटना पहिलोपटक घटेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । यो रोग भाइरल सङ्क्रमणका कारण मानिसमा सर्ने गर्दछ ।