काठमाडौं/ नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ आज भने घटको हो ।
आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारेवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर कारोवार भएको सुन आइतबार फेरी ४ सय रुपैयाँ बढेर ५४ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार सोमबार चाँदीको भाउ समेत तोलामा ५ रुपैयाँ कम भएको छ । अघिल्लो दिन प्रतितोला ८ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज भने ८ सय ५ रुपयाँमा झरेको हो ।