काठमाडौँ/ धितोपत्र बजारमा आज दुई पटक सर्किट ब्रेक लगाउनुपरेको छ । अत्याधिक रुपमा बजार बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको छ ।

एक हजार ५८७ विन्दुबाट सुरु भएको कारोबार ७९।४७ विन्दुले बढेर एक हजार ६६७ मा पुगेको छ । अस्वाभाविक रुपमा बजार बढ्नुको पछाडि स्थानीय तहको निर्वाचनको सुनिश्चिता बढेको र ‘क्रेडिट क्रन्च’मा समेत सुधार भएपछि बजारमा उछाल आएको हो ।

कुल १३४ कम्पनीको १६ लाख ७५ हजार ३१८ कित्ता सेयर रु ९६ करोड ४२ लाख ४६ हजार ३२७ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । ‘क’ वर्गका संस्थाको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १६।३८ विन्दुले परिवर्तन भएको छ ।

स्टकका अनुसार बैंकिङ ७०।६ प्रतिशत, होटल ८७।१३, विकास बैंक ८८।२९, जलविद्युत् ६८।९१, फाइनान्स १६।७५, बिमा ७३३।३७, उत्पादन समूह ३१।०९ र अन्य समूह ७।८१ प्रतिशतले वृद्धि भएको छ । आज बिमा समूहको सेयर कारोबार बढी भएको देखिएको छ ।

रासस