काठमाडौं/ नेपाली बजारमा सुनको चाउ शुक्रबार प्रतितोला ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
महासंघका अनुसार अघिल्लो दिन बिहीवार वजारमा सुनको भाउ प्रतितोला ५४ हजार ७ सय रुपैयाँ थियो । वजारमा सुनको भाउ घटेपछि खरिदकर्तालाई केही राहात मिलेको छ । बुधवार वजारमा सुनको भाउ ५४ हजार ६ सय रुपैयाँ थियो ।