धरान/ चौधरी ग्रुपको इओएल प्रालिले बजारको बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै केन्ट म्याजिक कार प्युरिफाइर बजारमा ल्याएको छ । यसले कारभित्र शुद्ध र स्वच्छ हावा पाउन मद्दत गर्छ । यो खासगरी कारको क्याविनका लागि डिजाइन गरिएको छ । यसमा प्रदूषणयुक्त हावालाई नियन्त्रण गर्न जापानको हेपा प्रविधि प्रयोग गरिएको छ । यसको सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभागका सेल्स म्यानेजर रोशन सिंहले भने, ‘सामान्यतया कारको क्याविनभित्र बाहिरको भन्दा ५÷६ गुणा बढी हावा प्रदूषित हुन्छ । यस्तो प्रदूषित हावाले ३० मिनेटमै स्वास्थ्यलाई हानी गर्न सक्छ । यो प्युरिफाइरले प्रभावकारीरुपमा प्रदूषणको प्रभावलाई कम गर्न सक्छ ।’ उनले थपे, ‘यो जनताको स्वास्थसँगै श्वास–प्रश्वासको लागि धेरै महत्वपूर्ण उत्पादन हो । मानिस जहाँ हुँदा पनि स्वस्थ राख्न यसले सहयोग गर्छ ।’ यसले कारभित्रको धुलो, खराब रसायन, भाइरस र गन्धलाई हटाएर स्वच्छ वातावरण बनाउँछ । यसमा तीन तहको फिल्टर प्रक्रिया छ । यसले ९९ प्रतिशत प्रदूषणलाई हटाउने बताइएको छ ।