इटहरी/ विराटनगरमा खुलेको क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटीजले पहिलो दिननै २ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेको छ । विराटनगर मेनरोडस्थित अतिथि सदन नजिक शाखा सञ्चालनमा रहेको क्रिष्टलले बुधबारदेखि कारोबार शुरु गरेको हो ।
कम्पनीको विराटनगर शाखाका कोअर्डिनेटर हरिबहादुर खड्काका अनुसार शाखामा ग्राहक परिचय खोल्नेको उत्साहजनक उपस्थिति थियो । धितोपत्रको दोस्रो बजारले पूर्वक्षेत्रका बासिन्दालाई सहज बनाउन भएको छ । पाँच प्रतिशतले नेप्से इण्डेक्स बढेपछि मङ्गलबारका लागि नेपाल स्टक एक्सचेञ्जको कारोबार स्थगित भएको थियो ।