काठमाडौं/ विहान उठ्ने वित्तिकै धेरैजनाको रोजाइमा चिया पर्छ । कतिपय व्यक्तिलाई त ओछ्यानमै चिया पिउने आदत पनि हुन्छ । विहानै चिया पिएर दिनको सुरुवात गर्ने आम व्यक्तिको दैनिकी जस्तै बनिसकेको छ । तर, धेरैलाई थाहा नहुन सक्छ विहान खाली पेट चिया पिउनाले स्वास्थ्यमा गम्भीर असर पुग्छ । हामीले यस आलेखमा विहान खाली पेट चिया पिउँदा हुने हानी र त्यसबाट उत्पन्न हुने रोगबारे उल्लेख गरेका छौं ।
१. प्रोस्टेट क्यान्सर
खाली पेट चिया पिउनाले पुरूषहरुमा प्रोस्टेटसम्बन्धी बिमारी हुन सक्छ । यो कुरा धेरै वैज्ञानिकहरूले गरेको खोज तथा अनुसन्धानबाट पनि पत्ता लागिसकेको छ ।
२. चिडचिडापन
खाली पेट चिया पिउनेहरुमध्ये धेरै जनामा थकाइ र चिडचिडापनको समस्या देखिन्छ । त्यसैले खाली पेट चिया पिउनुभन्दा अगाडि एकपटक सोच्नु जरुरी छ ।
३. ग्यास्ट्रिकको समस्या
विहानै खाली पेट चिया पिउँदा ग्यास्ट्रिकको समस्या हुन्छ । खाली पेट दुध तथा कालो चियाँ पिउँदा पेट फुल्ने समस्या पनि हुन्छ ।
४. शरीरमा नराम्रो प्रभाव
खाली पेट चिया पिउँदा शरीरमा प्रोटिन लगायत पोषक तत्वहरुको अपशोषण उपयुक्त तरिकाले हुन सक्दैन । जसकारण त्यसले शरीरमा नराम्रो असर पुग्न जान्छ ।
५.वान्ता तथा वाकवाकी
चियामा टेनिन नामक विषालु तत्व पाइन्छ । खाली पेट चिया पिउँदा टेनिनको असरले केहिलेकाँही वान्ता हुन सक्छ । साथै खाली पेट चिया पिउने व्यक्तिमा वाकवाकी आउने समस्या पनि हुन्छ ।