काठमाडौं / नेपाल विद्युत प्राधिकरणले तत्काल २ करोड थान एलइडी बल्ब आफ्ना ग्राहकलाई वितरण गर्ने भएको छ ।

यसबाट राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४० अर्ब रूपैयाँ बराबर बचत हुनेछ ।

केही साताअघि काठमाडौंमा भएको नेपाल–भारत उर्जा सचिव स्तरीय बैठकमा भारतले नेपाललाई सुपथ मूल्यमा यस्तो बल्ब उपलब्ध गराउन सहमति दिएको थियो ।

प्राधिकरणले आफ्ना ग्राहकलाई सुपथ मूल्यमा एलइडी बल्ब उपलब्ध गराउनेछ । गुणस्तरीय यो बल्बको मूल्य बजारमा उपलब्ध बल्बहरुभन्दा निकै सस्तो पर्नेछ । यो २ करोड बल्बमध्ये पहिलो लट अबको १५ दिनभित्रै काठमाडौं आइपुग्नेछ ।

केही साताअघि काठमाडौंमा भएको नेपाल–भारत उर्जा सचिव स्तरीय बैठकमा भारतले नेपाललाई सुपथ मूल्यमा यस्तो बल्ब उपलब्ध गराउन सहमति दिएको थियो ।

अब भारत सरकार स्वामित्वको ईईएसएल कम्पनीले ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई २ करोड थान बल्ब सहुलियत रेटमा केही साताभित्रै उपलब्ध गराउने भएको छ ।

यस्तै ऊर्जा बचत गर्ने विभिन्न परियोजना सफल भएका कारण बिजुलीको माग घटाएर सम्भावित ऊर्जा संकटलाई भारतले पार लगाइरहेको छ ।

के हो एलइडी बल्ब ?

एलइडी बल्बको मुख्य विषेशता भनेकै कम बिजुली खपत गरेर पनि गतिलो प्रकाश दिनु हो । यसले ४ गुणासम्म बजिुली बचत गर्छ । १५ वाटको सिएफएलले दिने बराबरको प्रकाश ५ वाटको एलइडीले दिन्छ । यो हुनासाथ उपभोक्ताको मासिक बिजुली बिल पनि महंगो हुँदैन ।

बजारमा विभिन्न ब्राण्डेड र साधारण गरी दुई प्रकारका एलइडी बल्ब किन्न पनि पाइन्छ । ब्राण्डेड बल्बमा १ वर्षको ग्यारेन्टी पाइन्छ भने साधारण बल्बमा ग्यारेन्टी हुँदैन ।

फाइबरले बन्ने एलइडी बल्ब साधारण रुपमा झर्दा पनि फुट्दैन । बजारमा ३ देखि ५० वाटसम्मका एलइडी बल्ब बजारमा सहज रुपमा उपलब्ध छन् । मूल्य पनि सीएफएल बल्बभभन्दा धेरै महंगो पर्दैन । सीएफएल भन्दा एलइडी बल्ब बढी टिकाउ पनि हुन्छ ।

एकपटक एलइडी किनेका उपभोक्ता फेरि सिएफएलमा हत्तपत्ति फर्किँदैनन्, किनभने यो निकै उपयोगी र किफायती हुन्छ । यसले बिजुलीको महशुल पनि घटाउँछ । यसको प्रयोगले उपभोक्तालाई फाइदा नै फाइदा छ ।