भद्रपुर/क्षयरोगका कारण चार महिनाको अवधीका झापामा ६ जनाको ज्यान गएको छ । गत आब ०७२।७३ मा पाँच महिलासहित २२ जनाको ज्यान गएकोमा चालु आबको प्रथम चौमाशिकमा एक महिला सहित ६ जना विरामीको उपचारको क्रममा ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

क्षयरोग अन्त्यका लागि सवै संगठीत होऔं भन्ने सन्देशका साथ विश्व क्षयरोग दिवसको अवसर पारेर शुक्रवार विहान कार्यालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ् सार्वजानिक गरेको हो । बढ्दो शहरीकरण जनचेतना अभाव, रोग लुकाउने प्रवित्त,बढ्दो जनघनत्व र नियमित औषधी सेवन नगरेका कारण विरामीको ज्यान गईरहेको क्षय–कुष्ठ अधिकृत प्रमोद दहालले जनाए ।

निःशुल्क रुपमा राम्ररी उपचार भइरहेपनि मृत्यू हुने क्रम नरोकिएको दहालको भनाई छ । चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा झापामा ३ सय ७२ जना उपचारको लागी दर्ता भएका छन् । जसमा १सय २७ महिला र २सय ४५ पुरुष रहेको कार्यालयको तथ्याङमा उल्लेख छ । गत आब ७२।७३मा ३ सय ८० महिला सहित एक हजार ७६ जना उपचारको लागी आएको दहालले जनाएका छन् ।

क्षयरोगीको संख्यामा झापाका प्राय पन्ध्र स्थानमा रोगीको संख्या अधिक रहेको जनाइएको छ । कार्यालयले दिएको जानकारी अनुसार चौध महिला सहित ५० जना रोगी गरी सवैभन्दा बढी दमकमा देखिएको छ । जनस्वास्थ्य कार्यालयमा आवद्ध स्वास्थ्य संस्थामा दर्ता भए अनुसार अनारमनीमा २७, सुरुङ्गामा २५, भद्रपुरमा र धुलाबारीमा १९-१९, शनिश्चरेमा १७, काकडभिटटामा १५, वाहुण्डागीमा १२,गरामनीमा ११, तोपगाछीमा ९,वनियानी, जुरोपानी सतासीधाममा ८-८ र बुधवारे र गौरादहमा ७-७ जना क्षयरोगका विरामी रहेको कार्यालयले जनाएको छ ।

क्षयरोगका कारण बर्षेनी २० देखि २५ जनाको मुत्यु हुने गरेकोले झापा क्षयरोगको उच्च जोखिममा रहेको पाइएको छ । क्षयरोग एक प्रकारको सरुवा रोग भएकोले झापा जिल्लामा बढी जनघनत्व भएका क्षेत्र बढी जोखिममा रहेको कार्यालयको तथ्याकले देखाएको छ । नेपालको कुल जनसंख्या मध्ये ४५ प्रतिशत मानिस क्षयरोगबाट संक्रिमत हुने गरेका छन् । जस्मा १५ देखि ४९ वर्षसम्ममा बढी देखिएको छ । हाल नेपालमा ८० हजार क्षयरोगका विरामी रहेकोमा हरेक बर्ष ५ देखि ७ हजारले ज्यान गुमाउदै आएको कार्यालयले जनाएको छ ।