धरान / ‘क्षयरोग अन्त्यका लागी सबै एक हाै ।’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस विश्व भर मनाइदै छ। बिपिकोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानले पनि विविध कार्यक्रम गरि कार्यक्रम मनायो । प्रतिष्ठानले आफ्नो प्राङ्गणमा सरोकारवालाहरुलार्इ आमन्त्रण गरि जनचेतना मुलाक कार्यक्रमको आयोजना गर्यो ।
नियमित औषधि खाएर क्षयरोग उन्मुलनमा सहयोग गर्ने धरान-१६ का शिवजी अछामिलार्इ प्रतिष्ठानले सम्मान गरेको छ । यो रोग जनस्वास्थ्यका लागि घातक भएको तथापि यसको उच्चतम प्रबिधिको निदान तथा उपचार प्रतिष्ठानमा रहेको प्रबक्ता डा.नारायणराज भट्टराई बताउँछन् । प्रतिष्ठानले यो रोग नियन्त्रणका लागि सम्बन्धित सबै सरोकार पक्षहरूसंग समन्वय गर्ने अस्पताल डेपुटी डाइरेक्टर डा.पशुपती चौधरीले बताए। कार्यक्रममा सेभ द चिल्ड्रेनका क्षेत्रीय संयोजक शैलेस भुजेल लगायतले मन्तब्य राखेका थिए।