धरान / विष्णुपादुका क्षेत्रको सामुदायिक वनहरुबाट प्रहरीको 'सेटिङ' मा काठ तस्करी हुने गरेको पाइएको छ । स्थानीयवासी तथा स्थानीय सामुदायिक वनका पदाधिकारीहरुले अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाका प्रहरी हवल्दार खेमबहादुर कुूवरको सेटिङमा तस्करी हुदै गर्दा बोलेरो गाडीसहित समातेपछि तस्करी प्रमाणित भएको हो । उनको साथमा प्रहरी जवान गंगा लिम्बूसमेत पक्राउ परेका छन् । प्रस्तावित सामुदायिक वन भवानीथान सामुदायिक वनका कोषाध्यक्ष राईबहादुर राईले सखुवा जातको करिव २० क्युविक फिट चिरान काठसहित दुईजना प्रहरीसहित चाजनालाई सेक्टर वन कार्यालयमा बुझाएको बताए । उनले साथमा बोलेरो जिप र एउटा मोटरसाइकलसमेत बुझाएको बताए ।
ुगाडी पक्रियौं, गाडी सगसगै दुईजना प्रहरी पनि सुरक्षार्थ आको रैछ ।' उनले फोनमा भने, भनावीथान एरियाबाट ल्याएका रहेछन्, बेच्ने मान्छे को हो थाहा छैन् । खोजिरहेका छौं ।' यता सेक्टर वन कार्यालयका सहायक वन अधिकृत ज्ञानकुमार लामाले नियन्त्रणमा लिएको काठ १८ दशमलव ९५ क्युविक फिट रहेको बताए । उनले काठसहित को १ च ७३८१ नम्बरको महिन्द्रा बोलेरो जिप र प्रह कुूवर चढेको को ४ प ८००७ नम्बरको कालो रङ्ग पल्सर बाइकसहित चारजनालाई नियन्त्रणमा लिएको बताए ।
जसमा बोलेरो चालक विराटनगर(५ का नरेन्द्र कार्की, र काठ खरिद गर्ने धरान(१८ का विवेक लिम्बू रहेका छन् । त्यस्तै प्रह कुूवर र प्रज लिम्बूलाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि तरहरा हिरासतमा राखिएको अधिकृत लामाले बताए ।
ुअनुसन्धानको सिलशिलामा तरहराको वनको हिरासतमा राखेका छौं ।ु उनले भने । आइतबार राति करिव ११ बजेतिर स्थानीयवासीले नियन्त्रणमा लिएको थियो । २०७२ साल माघ अन्तिम तिर डिएसपी सुदमकुमार सिजापतिले एसपीमा बढुवा भएलगत्तै विष्णुपादुका क्षेत्रका जनताको सुरक्षार्थ अस्थायी प्रहरी चौकी खडा गरेका थिए । जना पाूचजनाको अस्थायी दरबन्दी कायम भएको थियो । तर, जनताको सुरक्षार्थ खटिएको प्रहरीले मिलेमतोमा काठ तस्करी गर्ने गरेको खुलेपछि स्थानीयबासीसमेत प्रहरीसूग रुष्ट छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेलले वनले अनुसन्धान गरिरहको र त्यसमा प्रहरीको तर्फबाट पनि छुट्टै अनुसन्धान भइरहेको बताए । 'गल्ती भेटियो भने कारबाही भइहाल्छ । गल्ती प्रमाणित भएपछि वनले पनि गर्छ हाम्रो पनि हुन्छ ।' उनले फोन सम्पर्कमा भने । जिल्ला वन कार्यालय सुनसरीका प्रमुख वन अधिकृत राजेन्द्र निरौलाले प्रहरी पनि संलग्न रहेको भन्ने कुरा आएकाले अनुसन्धान भइरहेको बताए । 'सत्यतथ्य चाूजबुझ गर्छौ । अनुसन्धान हुन्छ । विभागीय कारबाही पनि हुनसक्छ । दोषी ठहरेमा वन ऐन अनुसार पनि कारबाही हुन्छ ।' उनले फोनमा भने, 'प्रहरी आफूले पनि अनुसन्धान गर्छ ।'
तत्कालीन विष्णुपादुका(८ मा पर्ने भवानीथान सामुदायिक वनबाट चोरी तस्करी हुने गरेको स्थानीय थाहा पाएपछि गस्तीमा बस्ने गरेका थिए । त्यसको अघिल्लो दिन पनि त्यस क्षेत्रबाट काठ तस्करी भएको स्थानीयले आशंका गरेका थिए । 'हिजो पनि गाडीहरु आको रैछ ।' कोषाध्यक्ष राईले भने । उनले प्रहरीको संलग्नतामै यसरी काठ तस्करी हुन्छ भन्ने आफूहरुले अनुमान नगरेको बताए । प्रहरी हवल्दार कुूवरले बाइकमा सुरक्षा दिदै कटाउदै गर्दा स्थानीयवासी र सामुदायिक वनका पदाधिकारीहरुले फेला पारेका थिए । सेक्टर वनका रेञ्जर इश्वरी बास्तोलाको नेतृत्वमा आएको टोलीलाई मुचुल्का तयार पारेर बुझाइदिएको थियो ।